प्रदेश

बाणगंगालाई अर्गानिक नगर बनाऔं: प्रदेश सभा सदस्य पंथी




कपिलवस्तु, १५ असार ।
बाणगंगा नगरलाई अर्गानिक नगरको रुपमा विकास गर्नुपर्नेमा प्रदेश सभा सदस्य विष्णु पंथीले जोड दिनु भयो । प्रदेश सभा सदस्य पंथीले नेपाली अर्थतन्त्रमा धान बालिको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । प्रदेश सभा सदस्य पंथीले स्थानिय उत्पादनमा जैविक मलको प्रयोग, वृहत्तर बाणगंगाको सिचाई बाट किसानले प्रत्यक्ष लाभ लिन सक्नेमा जोड दिनु भयो । प्रविधी मैत्री कृषि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ मनाउन लागिएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ को अवसरमा बाणगंगा नगरपालिकाद्धारा वडा नं. ७ को झरुवामा आयोजित धान रोपाई कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।
धान दिवसको अवसरमा बाणगंगा नगरपालिकाले रु १० हजार नगर, सम्मान पत्र सहित उत्कृष्ट ५ जना किसानलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा सत्यनारायण थारु, यमलाल भुसाल, मिन बहादुर सेन, दिनामणी बेल्बासे र इन्द्रावती थारु रहनु भएको बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर थापाले जानकारी दिनु भयो ।


कार्यक्रममा बाणगगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्याल, नगर उपप्रमुख रिता चौधरी, वडा नं. २ का वडा अध्यक्ष विष्णु गिरीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बाणगंगा नगरपालिकाको आयोजना तथा जनसेवा कृषि सहकारी संस्था लि.को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।


पञ्चे बाजा, गाजा , उत्साह सहित आयोजित कार्यक्रम जनसेवा कृषि सहकारी संस्थाका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता, नगरका कृषि शाखा प्रमुख लेस बहादुर थापाको स्वागत मन्तब्य र बाणगंगा नगरपालिकाका कृषि शाखा अधिकृत धनिराम आचार्यको संचालनमा सम्पन्न भएको बाणगंगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित : १६ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६