कपिलवस्तु, १६ असार । हामी सेवा गछौँ भन्ने मुल भावनालाई आत्मसाथ गदै अगाडि बढेको लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ ले वर्ष २०२४/२५ लाई जिम्मेवारी हस्तान्तरण गरेको छ । मायादेवी रिसोर्टमा भएको एक भव्य कार्यक्रमका बिच वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकास घिमिरेले २०२४/२५ का अध्यक्ष नबदत्त घिमिरेलाई लायन्स माला लगाएर पद हस्तान्तरण गर्नु भएको थियो ।
यस्तै २३/२४ का सचिव राम प्रसाद भुसालले २४/२५ का सचिव दामोदर पन्थी, २३/२४ का कोषाध्यक्ष गिरीराज कडेलले २४/२५ का कोषाध्यक्ष बिष्णु घिमिरेलाई आ–आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश पुर्वा स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश संसाद विष्णु पन्थीको प्रमुख आथितियता, लायन्स अन्तराष्ट्रिय ३२५ पि का डिस्ट्रिक गर्भनर अर्जुनमान सौजु, पि का डिस्ट्रिक २४/२५ का प्रथम डिस्ट्रिक गर्भनर बलाराम भट्टराई,द्धितिय डिस्ट्रिक गर्भनर सन्दिप कसौधन, वाणगंगा नगरपालिका प्रमुख चक्रपाणि अर्याल, शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सीको विशिष्ट आथितियता कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति पन्थीले लायन्स कपिलवस्तुका लागि आफु जहिले पनि सकारात्मक रहेको र लायन्स कपिलवस्तुका हरेक गतिविधिमा साथ दिने कुरा व्यक्ति गर्नु भएको थियो ।
यस्तै लायन्स अन्तराष्ट्रिय ३२५ पि का डिस्ट्रिक गर्भनर अर्जुनमान सौजले लायन्स कपिलवस्तुले डिस्ट्रिकलाई नै चुनौति दिन सक्ने क्लव मध्येको एउटा क्लव रहेको बताउदै लायन्स कपिलवस्तुबाट अन्य क्लवहरुले पनि धेरै कुरा सिक्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा संस्थापक कृष्ण के.सी, पुर्वअध्यक्षहरु सुरेन्द्र घिमिरे, धातानन्द भुसाल, रामशुभागे थारुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका लायन्स क्लवहरुको अध्यक्ष, वडाध्यक्षहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सबोधन गदै लायन्स २३/२४ का अध्यक्षले आफ्नो कार्यकाल सम्पन्न पार्नेका लागि महत्वपुर्ण साथ दिएर सहयोग गरेको भन्दै क्लवका सदस्यहरुलाई अभार प्रकट गर्नु भएको थियो । २०२३/२४ मा उत्कृष्ट साथ दिएको भन्दै लायन सदस्यहरुलाई घिमिरेले मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । भने घिमिरे वर्ष २०२३/२४ का सचिव राम प्रसाद भुसाललाई लायन अफ द इयरको उपाधीले सम्मान गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा २४/२५ का अध्यक्ष नवदत्त घिमिरेले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउदै लायन्स सदस्यहरुका लागि आफु जहिले पनि सकारात्मक भएर काम गर्ने कुरा ब्यक्त गर्नु भएको थियो ।
पद हस्तान्तरणकै अबसरमा लायन्स वर्ष २०२४/२४ का अध्यक्ष नबदत्त घिमिरेले लायन्स २०२४/२५ को डाइरेक्टरी समेत बिमोेचन गर्नुभएको थियो ।
आयोजित कार्यक्रम वर्ष २०२३/२४ का सचिव राम प्रसाद भुसालको सञ्चालन, अध्यक्ष ओम प्रकास घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा वर्ष २३/२४ का प्रथम उपाध्यक्ष नबदत्त घिमिरेको स्वागत मन्तव्य रहेको थियो ।
प्रतिक्रिया