प्रदेश

उद्घोषण, भाषण तथा क्षमता विकास तालिम सुरु




कपिलवस्तु, १६ असार  ।
नव प्रभात सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा एक हप्ते उद्घोषण भाषण तथा क्षमता विकास तालिम सुरु भएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. ८ मा रहेको वनले आफ्नो वार्षिक कार्यक्रमको गरिबी न्यूनिकरण शीर्षकको उप शीर्षक  नंः २००२०२०१ मा रहेको क्षमता विकास कार्यक्रम अन्तर्रगत उद्घोषण तालिम सञ्चालन गरेको हो । तालिममा सामुदायिक रेडियो मायादेवीको प्राविधिक सहयोग रहेको छ । 


आइतबार मालिका सामुदायिक भवनको सभाहलमा तालिमको समुद्घाटन गरिएको हो । तालिमका प्रमुख अतिथि तथा वडा न. ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र बेल्बासेले वनले गरेका विभिन्न कार्यहरूको मुक्त कण्ठले प्रशंसा गरे । उनले तालिम तालिमका लागि मात्र नभएर प्रशिक्षार्थीहरूले भाषण शिप सँग जोड्न आवश्यक रहेको बताए । उनले समय मिलेसम्म आफूलाई पनि उद्घोषण भाषण तथा क्षमता विकास तालिमको आवश्यकता रहेको बताए । 


तालिममा वनका अध्यक्ष डिल्लीराज रेग्मीले सबै सहभागीहरूलाई ध्यान केन्द्रित भएर सातै दिन सहभागिता जनाउन आग्रह गरे । उनले तालिम भनेको आफ्ना लागि भएकाले दायाँ बायाँ केही गर्न नहुने बताए । आफू पनि सातै दिन तालिममा सहभागीहरू सँगै साथमा रहने र तालिमको पूर्ण ज्ञान लिने उनले बताए । 


तालिममा प्रमुख प्रशिक्षक सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपाने र सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजर हरि घिमिरेले प्रशिक्षण गराउने छन् ।  असार १६ गते देखी औपचारिक रुपमा सुरु भएको तालिम असार २२ मा सम्पन्न हुनेछ । तालिममा ५० भन्दा बढीको सहभागिता रहेको छ । 

प्रकाशित : १७ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६