अर्थ-वाणिज्य

लालिगुराँस सहकारीका अध्यक्ष श्रेष्ठसहित ४ जना पक्राउ




काठमाडौं १६ असार । ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । सहकारीका बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी छन् ।

२०८० चैत १ गते ३ करोड ठगीको आरोपसहित उनीहरूविरुद्ध ललितपुर प्रहरी परिसरमा उजुरी परेको थियो ।सोही उजुरीमाथि अनुसन्धानका क्रममा चैत ३० गते जिल्ला अदालतले पक्राउका लागि अनुमति ९पुर्जी० दिएको थियो । अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका थिए । उनले बैंकको मुख्य कार्यालयमा चिफ म्यानेजरको रूपमा समेत काम गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : १७ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६