अर्थ-वाणिज्य

श्रमजिवी पत्रकारको पारिश्रमिक बढाउनु पर्ने निष्कर्ष




कपिलवस्तु १६ असार ।श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा कपिलवस्तुको गोरुसिङ्गेमा आइतवार जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम भएको छ ।नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । कार्यक्रममाथि प्रकाश पार्दै न्युनतम पारिश्रमिक निर्धाण समितिका बोर्ड सदस्य आस्था के.सी.ले न्युनतम पारिश्रमिक निर्धारण समितिको सुझाव प्रतिवेदन बाचन गर्नुभएको थियो ।
सदस्य के.शी.ले पत्रकारिता क्षेत्रमा अनेक चुनौति र समस्याहरु भएको जनाउदै समस्यालाई सम्बोधन गर्न न्युनतम पारिश्रमिक समितिको पहल रहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीले न्यून पारिश्रमिक लगायत पत्रकारिता सम्बन्धी विभिन्न समस्या भएको बताउनुभएको छ । समितिले श्रमजिवी पत्रकारहरुका समस्या सम्बोधन हुने गरि काम गर्नु पर्ने बताउनु भयो । श्रमजिवी पत्रकारहरुको न्युनतम तलब खरदार सरहको पनि नभएको भन्दै ऐनलाई परिमार्जन गर्दै कार्यान्वयमा लैजानु पर्ने अध्यक्ष गिरीले बताउनु भयो । सबैको पारिश्रमिक बढ्ने तर पत्रकारको पारिश्रमिक नबढने भन्दै उहाँले समितिलाई प्रश्न गर्नु भयो ।
काम गर्ने स्थानमा नियुक्ति पत्र नबुझी काम नगर्न पनि अध्यक्ष गिरीले पत्रकारहरुलाई आग्रह गर्नु भयो । पत्रकार महासंघका जिल्ला शाखा सचिब जानु पाण्डेले मिडिया चलाउन गाह्रो भएको बताउनुभयो । उहाँले विज्ञापनका लागि बजारम समेत समस्या रहेको र मिडियाहरुमा आर्थिक संकट पैदा भएको बताउनुभयो । पत्रकारलाई जिविकोपार्जन संग जोड्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला शाखा सचिब जानु पाण्डेको अध्यक्षता, नेपाल पत्रकार महासंघ कपिलवस्तुको कार्यसमिति सदस्य माधव बेल्बासेको स्वागत मन्तब्य र दिलिप यादवको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुले श्रमजिवी पत्रकारहरुको पारिश्रमिक बढाउनु पर्नेमा जोड दिएका थिए । श्रमजिवी पत्रकार ऐन परिमार्जन गरि यथाशिघ पत्रकारहरुको तलब बढाउन समितिलाई आग्रह गरेका थिए

प्रकाशित : १७ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६