अर्थ-वाणिज्य

पत्रकार महासंघको विवाद टुङयाएर तत्काल निर्वाचनमा जान महासंघका पाँच पूर्वअध्यक्षको आग्रह



काठमाडौं १७ असार। नेपाल पत्रकार महासंघको विवाद टुङयाएर तत्काल निर्वाचनमा जान महासंघका पाँच जना पूर्वअध्यक्षले आग्रह गरेका छन् । आज आइतबार पूर्व अध्यक्षले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान महासंघका अध्यक्ष बिपुल पोखरेल सहित केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।

‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं’ महासंघका पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ । उनीहरुले महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् । यस्तै महासंघका सदस्यले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलले गर्नसक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत आग्रह गरिएको छ ।

प्रकाशित : १८ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६