अर्थ-वाणिज्य

सुनीलले जिते कमेडी च्याम्पियन सिजन-३, उपाधीसंगै पाए कार तथा नगद २५ लाख




कपिलवस्तु १७ असार ।काठमाडौंका सुनीलले जिते कमेडी च्याम्पियन सिजन(३, उपाधीसंगै पाए नेटाभिको ईलेक्ट्रीक कार तथा नगद २५ लाखचर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन–३को उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन । शनिबार साँझ काठमाण्डौमा भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन । काठमाण्डौंको मुलपानी स्थित स्टुडीयोमा सम्पन्न फिनालेमा उनले सुनसरीका ऋषभ काफ्ले र नवलपरासीकी सुयाशा खनाललाई पछाडी पारेर उपाधी चुमेका हुन।
उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार सहित अन्य पुरस्कार पनि पाएका छन । फस्ट रनरअप भएका सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप भएकी नवलपुरकी सुयाशा खनालले भने एक–एक वटा स्कुटर पुरस्कार पाएका छन ।यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए ।
यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका थिए । शो लाई विशाल भण्डारीले निर्देशन गरेको यो शोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेलले थिए । ‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए।
जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो। जसबाट टप ३०, १६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका थिए।

प्रकाशित : १८ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६