खोज–अनुसन्धान

रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री मुकुल ढकालको माग




काठमाडौं १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले बुधबार बस्ने पार्टीको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ ।‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले भनेका छन् ।
बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए । तर, बैठकमा आफ्नो आलोचना हुने डरले लाइभ गर्ने मनसायमा सभापति रवि लामिछाने रहेको छन् ।

महामन्त्री ढकालले बुधबार पार्टी सभापति रविलाई समीक्षा प्रतिवेदन बुझाएका छन् । इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए ।प्रतिवेदनमा पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका छन् ।

महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले गत शुक्रबार स्पष्टीकरण सोधेको थियो । समीक्षाको यात्राका क्रममा आएका सझावहरु बैठकमा छलफल हुनेछ बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बस्नेछ ।रास्वपा गठन भएको (७ असारमा) दुई वर्ष पुगेको छ । तर, २ वर्षमै पार्टी महासचिव र सभापति पक्षको विचार भिन्न हुन थालेको छ ।

प्रकाशित : १८ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६