प्रदेश

बाणगंगामा भेटियो टुबोर्ग बियरको  बोतलभित्र हड्डीजस्तै वस्तु, कम्पनीको गम्भीर लापरबाही



हरि घिमिरे, असार १७  । कपिलवस्तुको बाणगंगामा टुबोर्ग वियरको सिल बोतलभित्र अनौठो चिज फेला परेको छ । बाहिरबाट हेर्दा उक्त चिज हड्डीजस्तै र किराजस्तो पनि देखिन्छ । तर त्यो किरा हो कि अरु कुनै वस्तु हो ? निक्यौल भने हुन सकेको छैन । मुलुककै चर्चित ब्राण्ड टुबोर्ग बियरको बोतलभित्र यस्तो अनौठो चिज भेटिएपछि उपभोक्ताहरू त्रसित भएका छन् ।

वडा नम्बर ८ बोडगाउँको एक होटलमा एक ग्राहकले शुक्रबार दिउसो बियर माग गरे । होटल संचालकले पनि फ्रिजबाट टलक्क टल्कने नयाँ बोत्तल टेवलमा राखिदिए । गर्मीले अत्तालिएका ग्राहकले छिटोछिटो गरी बोतल के खोल्ने प्रयास गरेका थिए, त्यहाँ बोतलको फेदीमा अचानक शंकास्पद वस्तु देखियो । ती ग्राकलाई सुरुमा त्यस्तो लागेन तर नजिकबाट नियालेर हेर्दा उक्त वस्तु ठुलै देखियो । बोतल ओल्टाई पल्टाई हेर्दा कतिखेर भने किराजस्तै देखिन्थ्यो ।

त्यसपछि उनलाई लाग्यो त्यो त कम्पनीको गम्भीर लापरबाही हो, यसबारे मिडियालाई जानकारी दिनुपर्दछ । त्यसपछि ती ग्राकहले फोन गरी बोलाए । त्यहाँ पुगेर हेर्दा बोतलभित्र साँच्चिकै शंकास्पद वस्तु थियो । त्यो वस्तु किरा या अरु के हो निक्र्यौल हुन सकेन तर जे भए पनि कम्पनीले गम्भीर लापरबाही गरेको भन्ने सजिलै पुष्टि हुन्छ । बोत्तलको भिडिओ खिचेपछि होटल मालिकले बोत्तल सुरक्षिर राखे । उनले कम्पनीलाई यसबारे जानकारी दिनेसमेत बताए ।

उसो त मदिरा आफैमा स्वास्थ्यलाई हानी गर्ने चिज हो, त्यहिमाथि यसरी अखाद्ध्य र शंकास्पद वस्तु नै फेला परेपछि यसले उपभोक्ताको स्वास्थ्यमा अर्को असर गर्ने उपभोक्ताहरु बताउँछन् । ती ग्राहकले पनि बोत्तलमा ध्यान नै नदिई खाएको भए आफूलाई जे पनि हुन सक्ने भन्दै यस्तो लापरबाही नगर्न कम्पनीलाई चेतावनी दिए । उपभोक्ताको यो कुरा सुनेपछि एरिया इन्चार्जलाई तुरुन्तै होटलमा बोलाईयो ।

उनलाई उक्त बोतलमा रहेको बस्तुबारेको भिडियो नै देखाइयो । एरिया इन्चार्ज मधु कुमार शाहले पनि शंकास्पद वस्तु रहेको स्वीकार गरे तर उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशिल र जिम्मेवार रहेको जवाफ दिन भने उनले सकेनन् । ‘उत्पादन र प्याकेजिङको बेला कहिलेकाहिँ यस्तो भइहाल्छ नि’ भनेर ती एरिया इन्चार्जले कम्पनीको बचाउ गरेका छन् ।

सो दिन गैर जिम्मेवार बनेका उनले अर्कोपटक फोन गरेर घटनाबारे बुझ्दा सल्टेको बताए । उनले भने, ‘घटना सल्टिसक्यो, ‘यसबारे म धेरै बोलिनँ ।’ शुक्रबार नै के रहेछ भनेर हेर्न नमिल्ने जनाएका उनले होटलबाट बोत्तल सुटुक्क लगेर वस्तु निकालेको उनको जवाफबाट पाइयो । के रहेछ भनेर पटकपटक सोध्दा उनले वस्तुको नाम भनेनन्, यसबाट पुष्टि हुन्छ बोत्तलभित्र अखाद्ध र उपभोक्ताको स्वास्थ्यमा हानी गर्ने वस्तु थियो, किनकि उनीहरुले छलेर सो बोत्तल गायब पारेका हुन् ।

उनले कहाँ लगेर बोत्तल खोले त्यो भने थाहा भएको छैन । होटल संचालकले पनि शाहले बोत्तल लगेर गएको बताउँदा अरु थाहा नभएको बताए । बोत्तल लैजाने विषयमा एरिया इन्चार्जले कसैसंग छलफल गरेनन् । यसबाट पनि वियरमा अखाद्ध वस्तु थियो नै भन्ने प्रमाणित हुन्छ ।

केहि समयअघि पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको थियो ।

बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ स्लाइस फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप रु दुई लाख जरिवाना गरिएको थियो । र बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको बताइएको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि यसरी अखाद्य या शंकास्पद वस्तु भेटिए निरीक्षण गर्ने ब्यवस्था गरेको छ । निरीक्षण अधिकृतले दफा ३३ को उपदफा ९३० अनुसार त्यसरी भेटिएको शंकास्पद वस्तु निरीक्षण अधिकृतले नेपाल सरकारले मान्यता दिएको प्रयोगशालामा लगेर सडेको, गलेको, मिसिएको या अन्य भए जरिवाना र कानुनको ब्यवस्था गरेको छ ।

ती एरिया इन्चार्जले सम्बन्धित निकायबाट नमुना परीक्षणको मौका नदिएर पटकपटक विषय सल्टेको बताए पनि भिडिओ भने सुरक्षित छ ।

एरिया इन्चार्ज शाहले सूचना दिने उपभोक्तालाई ‘एक कार्टुन बियर दिन्छु’ भनेरसम्म प्रभावित गर्न खोजेका थिए । मिडियासँग पनि गैर जिम्मेवार बनेका उनले पछि छलेर बोतल गायब पारेका हुन् ।

प्रकाशित : १८ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६