प्रेसपाटी टिभी

अनेरास्ववियु बाणगंगा नगर कमिटीद्धारा एस.ई.ई सम्मान कार्यक्रम सम्पन्न



कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगर कमिटीले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि २०८० सालको माध्यमिक तहको परिक्षा एस.ई.ई. मा सहभागी भइ बाणगंगा नगरबाट सर्व उत्कृष्ट नतिजा सहित उतिर्ण विद्याार्थीहरुलाई सम्मान गरिको छ ।

उक्त कार्यक्रममा अनेरास्ववियु बाणगंगा नगर कमिटीका अध्यक्ष प्रभाकर बि.सी.को अध्यक्षता त्यसैगरी अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाठा मगरको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालको प्रमुख बक्तामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज अनिमा खरेल,अनेरास्ववियु केन्द्रिय सदस्य साजन भण्डारी,अनेरास्ववियु कपिलवस्तुका पुर्व अध्यक्ष एवंम नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य सुन्दर पाण्डे, अनेरास्ववियु लुम्बिनी प्रदेश सचिव रमेश ढकाल,अनेरास्ववियु लुम्बिनी प्रदेश कोषाध्यक्ष एवंम कपिलवस्तुका निवर्तमान अध्यक्ष अन्जित खनाल ,नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य युवराज पोख्रेल, अनेरास्ववियु लुम्बिनी प्रदेश सदस्य बसन भट्राई , अनेरास्ववियु कपिलवस्तु २३ औं जिल्ला सम्मेलनका संयोजक बिष्णु घिमिरे,सह संयोजक निशान खड्का,सदस्यहरु पशुपति गिरी,खिम बहादुर बि.सी. गंगा बन्जाडे,सबिता घिमिरे, शिवराज नगर कमिटीका अध्यक्ष आश्विन के.सी ,विभिन्न विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा बाणगंगा नगर भित्र रहेका विभिन्न सामुदायिक तथा निजि विद्यालयबाट सर्व उत्कृष्ट नतिजा सहित उतिर्ण विद्यार्थीहरुलाइ सम्मान पत्रबाट सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि सन्तोष बाठा मगरले आफुले चाहेकोे विषय छनौट गरि पढ्न र जुन विषयमा अध्ययान गरिन्छ, त्यस विषयमा विशिष्टता हासिल गरि भविष्यको सुन्दर देश नेपाल निर्माण गर्ने पनि विद्यार्थीहरु नै भएकोले लगनशिल र मेहेनतका साथ पढ्न आग्रह गर्दै आगामि दिनमा शैक्षिक सफलताको कामना गरे ।
कार्यक्रममा यस वर्षको एस.ई.ई.परिक्षामा सहभागी भई ए प्लस जिपीए प्राप्त गर्ने करिब १०४ जना विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रमको सञ्चालन भने अनेरास्ववियु बाणगंगा नगर कमिटीका निवर्तमान सचिव अर्चना आर्चायले गरेकी थिइन् ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६