प्रदेश

केन्द्रीय समिकरणले लुम्बिनी सरकार संकटमा



दाङ, १८ असार । केन्द्रमा सत्ता समिकरण बदलिएपछि नेकपा माओवादी केन्द्र नेतृत्वको लुम्बिनी सरकार संकटमा परेको छ । केन्द्रको समिकरण अनुसार अब सत्ताघटकको प्रमुख दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार स्वत रुपमा अल्पमतमा पर्ने देखिन्छ । केन्द्रमा एमाले–काँग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने गुहकार्य सुरु गरेसँगै मुलुकको राजनीतिक वृत्त अहिले तातेको छ ।

गत चैत २३ मा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । चैत २५ मा सपथ लिए यता उनले लुम्बिनी सरकारको नेतृत्व गरिरहेका छन् ।

उनले चैत ३० गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता सामाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले विश्वासको मत दिएका थिए । यो बीचमा जनता समाजवादी पार्टी फुटेको छ । पार्टी फुटेर जनता समाजवादी पार्टीतिर २ सांसद गएका छन् । जसपा नेपालतिर लागेका एक सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा अहिले मुख्यमन्त्री महरालाई ४७ जना सांसदको समर्थन छ ।

नयाँ समिकरण अनुसार एमालेले मात्रै साथ छाड्दा मुख्यमन्त्री महरा अल्पमतमा पर्ने देखिन्छ । लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २९ सांसद छन् । लुम्बिनीमा केन्द्रको समिकरण अनुसार काँग्रेस एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका २७ सांसद गरी अब सरकारमा जाने दुबै दलका ५६ सांसद हुन्छन । सरकार निर्माणका लागि ४४ भए पुग्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ३, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का १–१ र स्वतन्त्र सांसद एक जना छन् । अंक गणितका हिसाबले मुख्यमन्त्री महरा अल्पमतमा पर्ने देखिन्छ ।

यद्यपि केन्द्रमा समिकरण बदलिए पनि लुम्बिनी सरकारबारे सत्तारुढ दलहरु भने केन्द्रकै निर्णय र निर्देशन कुरेर बसेका छन् । सत्तारुढ दल एमालेका प्रमुख सचेत तुलसी चौधरी केन्द्रको हलचलले प्रदेशमा प्रभाव पर्दा यस्तो प्रबृत्तिले अझै अस्थिरता बढाउने बताए ।

उनले आफुहरु केन्द्रको सर्कुलर कुरेर बसेको र सोही अनुरुप पार्टी आगाडि बढ्ने बताए । त्यस्तै अहिलेसम्म सरकारमै रहेको माओवादीका प्रमुख सचेतक ईन्द्रजित थारुले आफुहरु प्रतिपक्षमा बस्न तयार भएको बताउँदै यदि सहमतिमा लेखिएको संविधान संशोधनको बिषय हटाए राष्ट्रिय सहमतिमा जाँदा पनि फरक नपर्ने धारणा व्यक्त गरे । त्यस्तै नेपाली काङ्ग्रेसका प्रमुख सचेत जन्मजय तिमल्सिनाले पनि केन्द्रकै मुख ताकेर बसेको बताए उनले भने अहिले दल नेता काठमाडौं जाँदै हुनुहुन्छ त्यसपछि आधिकारिक रुपमा केन्द्रको निर्णय आउँछ र त्यही अनुरुप आगाडि बढ्छौँ ।

नयाँ समिकरण अनुसार एमालेले मात्रै साथ छाड्दा मुख्यमन्त्री महरा अल्पमतमा पर्ने देखिन्छ । लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २९ सांसद छन् । लुम्बिनीमा केन्द्रको समिकरण अनुसार काँग्रेस एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका २७ सांसद छन् । अन्य सबै दल र स्वतन्त्र मिले पनि जम्मा ३१ सांसद हुन्छन् । जसले गर्दा मुख्यमन्त्री महरा स्वतः अल्पमतमा पर्ने देखिन्छ ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६