प्रदेश

जितपुर–उप्टहवा–नन्दनगर सडकखण्ड जोड्ने नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही



कपिलवस्तु, १८ असार ।
कपिलवस्तुको जितपुर–उप्टहवा–नन्दनगर सडकखण्ड जोड्ने सडकखण्डको नालि निर्माणमा ठेकेदार कम्पनीले गम्भिर लापरवाही गरेको पाईएको छ । लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयको बस्ती विकास कार्यक्रम अनुसार जितपुर–उप्टहवा–नन्दनगर सडकखण्ड जोड्ने सडकखण्डको नालि निर्माण भएको करिव २ महिनामै चिरा चिरा परि स्थानीयको घरगोठमा बर्षायाममा लेदो सहितको पानी पसेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा विनियोजित रु.१८ लाख बाट नालि तथा ग्रावेल ७५ मिटर दुरीमा काम गर्नुपर्नेमा ठेकेदार कम्पनीको लापरवाहीले स्थानीयलाई सास्ती भएको छ । ठेक्का पाएको थ्रि स्टार कन्ट्रक्सनले गुणस्तरिय काम नगर्दा बर्षायाम सुरु भएसंगै नालीबाट पानी पास हुनुपर्नेमा चिरा चिराबाट स्थानीयको घरगोठमा लेदो सहितको पानी पसेको जितपुरका स्थानीयले बताएका छन् ।

नाली निर्माण भएसंगै पानीको निकास भई सहज हुन्छ भन्ने अपेक्षा गरेको तर विकासमा ठेकदार कम्पनीले गुणस्तरिय काम नगर्दा उल्टै नालीबाट लेदो सहितको पानी गोठमा छिर्दा पशुचौपाया र घरसमेत जोखिममा परेको जितपुरका स्थानीय किरण घिमिरेले गुनासो गर्नुभयो ।

बलराम पौडेल संचालक रहेको थ्रि स्टार कन्ट्रक्सनले निर्माण गरेको नालिको वाल पनि बिचबाट चर्किएको छ भने पानी बग्ने ठाउँबाट पनि चिरा चिरा परेकोले स्थानीयको घर गोठ भासिने समस्या समेत देखिएको पाइएको छ । यस बिषयमा थ्रि स्टार कन्ट्रक्सनका संचालक बलराम पौडेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क भएको छैन ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६