अन्तर्राष्ट्रिय

अवैध रुपमा म्यानपावर सञ्चालन गर्ने दुई भारतीय पक्राउ




बुटवल १८ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवैध रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको रसिया लगायतका मुलुकमा कामदार पठाउने भन्दै रामग्राम ५ बाईपास चोकमा खोलिएको जेडि मेनपावर सर्भिसेजलाई प्रहरी र श्रम तथा रोजगार कार्यालय बुटवलको टोलीले शिल गरेको हो । एक हप्ता अगाडि भारत मुम्बईका २४ वर्षीय निर्सग रविन्द्र राणे र मुम्बई कोलवा बस्ने ३७ वर्षीय जावेद मसिहले उक्त म्यानपावर सञ्चालनमा ल्याएका थिए ।

बिना दर्ता रसिया, अष्ट्रेलिया, ईटली लगायतका देशमा कामदार पठाउने भन्दै घर भाडामा लिएर उनीहरुले म्यानपावर व्यवसाय सञ्चालन गर्दे आएका थिए । उनीहरुको साथबाट प्रहरीले मोबाईल, ल्यापटप, भारतीय आधार कार्ड, चेकबुक, डेभिड कार्ड लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । हाल उनीहरुले कति जनालाई विदेश पठाए वा पठाउने प्रक्रियामा छ भन्ने बारेमा भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए । उक्त म्यानपावरको मुख्य कार्यालय मुम्बईमा रहेको र यहाँबाट कामदार त्यहाँ पठाई अवैध रुपमा वैदेशिक रोजगारमा पठाउने प्रयोजनका लागि म्यानपावर खोलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको

प्रहरीले जनाएको छ ।पछिल्लो समय बिना दर्ता अवैध रुपमा म्यानपावर सञ्चालन गर्ने र एजेन्ड बनाएर मानिसलाई प्रलोभनमा पार्ने काम बढ्दै गएको छ । चालु आर्थिक वर्षमा मात्रै ४ ओटा त्यस्ता म्यानपावरलाई कारवाही गरिएको श्रम तथा रोजगार कार्यालय बुटवलका अधिकृत केशवराज भट्टराईले जानकारी दिए ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६