अर्थ-वाणिज्य

प्रचण्डलाई ओलीको अन्तिम मौका : २४ घण्टा भित्र निकास नदिए अर्काे एक्सन



कपिलवस्तु १८ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न भोलि (बुधबार) सम्मको समय दिने भएको छ । आज ९मंगलबार० बसेको पार्टीको सचिवालय बैठकमा बुधबार बेलुकीसम्म प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न समय दिनेगरी छलफल भएको एक पदाधिकारीले जानकारी दिए ।बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीबाट प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरिएको निर्णय भएको जानकारी दिए ।
यद्यपि बैठकमा भने बढीभन्दा बढी २४ घण्टासम्म कुर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए पर्सी (बिहीबार) बिहान मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको एक पदाधिकारीले बताए ।मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बाँकी निर्णयहरू कसरी गर्ने भन्नेबारे त्यतिबेलै शीर्ष नेताहरू बसेर छलफल हुने ती पदाधिकारीले जानकारी दिएका छन् । ‘हामी भोलि बेलुकी (बुधबार) सम्म कुर्छौ,’ उनले भने ‘त्यति बेलासम्म पनि उहाँले मार्गप्रशस्त गर्नु भएन भने हामी अन्य निर्णय लिन्छौं ।’

प्रकाशित : १९ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६