अर्थ-वाणिज्य

देउवाको प्रस्तावले माधब नेपाल अफ्ट्यारोमा



काठमाडौं १९ असार । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले जनाए । नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए । देउवाको प्रस्तावलाई स्वीकार गर्दा नेकपा एसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकार्नु पर्नेछ भने ओलीलाई प्रधानमन्त्री स्वीकार नगरे सरकार बाहिर बस्नु पर्नेछ ।

यसअघि ओलीविरुद्ध उत्रिएर अध्यक्ष नेपालले एमाले विभाजन गर्दै एकीकृत समाजवादी पार्टी बनाएका थिए । आफूले विभाजन गरेको पार्टीकै अध्यक्षलाई प्रधानमन्त्री मान्ने कि सरकार बाहिरै बस्ने भन्ने कुराले अध्यक्ष नेपाल अप्ठ्यारोमा परेका छन् । यसो त एमाले–कांग्रेसको नयाँ गठबन्धनका विषयमा पहिलो प्रतिक्रिया दिंदै नेकपा एसले दुई ठूलो पार्टीको सरकार लोकतन्त्रका लागि खतरा हुने बताएको छ । उसले कांग्रेस–एमालेको सहमतिलाई तानाशाही शासन चलाउने आशंकाको रुपमा हेर्दै प्रारम्भिक प्रक्रिया जनाएको छ । कांग्रेस र एमालेबीच अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार बनाउने सहमति भएको छ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६