खोज–अनुसन्धान

प्रधानमन्त्रीले कांग्रेससँग अर्को सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली



काठमाडौं १९ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको दाबी गरेको छ ।आज बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुरुमा प्रधानमन्त्रीबाट कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको दाबी गरे ।
पत्रकारसँग ज्ञवालीको भनाइः
हामीले सत्ता समिकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषयहरु थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाड बढाइरहनुपर्छ भन्नेमा थियौं ।

तर, यस बीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालबाला प्रधानमन्त्री स्वयम्ले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामू केही प्रश्न खडा भयो । कसैलाई सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्यो भन्दै पहल गर्नुभयो । त्यसको औचित्य र आवश्यकता के हो रु

गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो । तर, १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वभाविक हो । तर, यसपाली कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।

कांग्रेसले हामीसँग राजनीतक स्थायित्वका निम्ति फरकिलो सोचौं र तपाईंहरुले नै नेतृत्व गरेर सबैलाई समेट्ने वातावरण बनाउँ भनेर प्रस्ताव गर्यो । विदेशमा उहाँहरु जानुभएको छ । भ्रमण उहाँहरुले नै गर्नुभएको छ । आफ्नो थैलिको मुख बलियो गरी बाँध्न पर्छ अरुलाई दोष लगाउन उचित हुँदैन ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६