प्रदेश

साफि एरियल उद्योग बाट ‘एक्स्ट्रा टाइट’ डिटर्जेन्ट पाउडरको उत्पादन सुरु



कपिलवस्तु, १९ असार । कपिलवस्तुमा ‘एक्स्ट्रा टाइट’ ब्राण्डमा सर्फ उत्पादन सुरु भएको छ । साफि एरियल उद्योग बाट उक्त ब्रण्डमा सर्फ उत्पादन गरिएको सञ्चालक कलामुदिन मुसलवानले बताउनुभयो ।

उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो स्थापना दिवसको अवसरमा अर्घाखाँचीको नरपानीमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा उक्त सरफको लञ्च गरिएको हो । स्थानीय स्तरको सामाग्रिबाट बनेको उक्त उत्पादन सबैले प्रयोग गरि आवश्यक सल्लाह सुझाब प्रदान गर्न सञ्चालक मुसलवानले आग्रह गर्नुभयो । अहिलेसम्म तिनवटा साफि, गायछाप सहित एक्स्ट्रा टाइट प्रयोगमा ल्याएको पनि उहाँले बताउनु भयो ।

लञ्चीङ कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उत्पादनले गुणस्तरीयता जोगाउदै रोजगारलाई समेत बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले एक्स्ट्रा टाइटले नेपालमा मात्र नभएर विदेशमा बजार विस्तार गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै उद्योग ब्यापार संघका केन्द्रिय बाणिज्य उपाध्यक्ष बाबुराम पोख्रेल र ब्यापार संघका पुर्व अध्यक्ष हुमनाथ पौडेलले जुनसुकै बस्तुमा पनि गुणस्तरीयता उच्च हुनुपर्ने भन्दै कम गुणस्तरीय उत्पादनले बजार लिन नसक्ने बताउनुभयो । खुला सिमानाकाका कारण नेपाली ब्यापारी समस्यामा परेको भन्दै गुणस्तर र मुल्यलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपील) ले स्थानीय उत्पादनलाई जोड दिन सके युवाहरुमा रोजगारी सृजना गर्न सकिने बताउनु भयो ।

उद्योग व्यापार सँगका सल्लाहकार, पदाधिकारि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन माधवभाट क्षेत्रिले गर्नु भएको थियो । सोही एक्स्ट्रा टाइट को सार्बजनिकरण कार्यक्रम मा साफी एरियल उद्योग को उत्कृष्ट उत्पादन गायछाप कपडा धुने पाउडर ले ” नब बर्ष को बहार , गायछाप मा उपाहारै उपाहार , भाग्यशाली उपभोक्ता ले पाउनेछन साइकल हजार योजना अन्तरगत गायछाप को खरिद मा उपहार प्राप्त गर्ने सितगङ्गा -०४ का मधु पौडेल लाई विजेताले प्राप्त गरेको साईकल उपहार पनि सोहि कार्यक्रममै प्रदान गरिएको थियो ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६