प्रदेश

उद्योग व्यापारसङ्घ कपिलवस्तुको ५ वर्षे रणनैतिक कार्ययोजना सार्वजनिक



कपिलवस्तु, १९ असार । उद्योग ब्यापारसङ्घ कपिलवस्तुले ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । दोस्रो स्थापना दिवसको अवसरमा आयोजित रणनैतिक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा महत्वपूर्ण निर्णय सहित ५ वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो । कार्यक्रम अर्घाखाँचीको नरपानी स्थित देउराली क्याम्प फायर एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।

सङ्घका अध्यक्ष खिमानन्द पौडेल (कोपिलले) संस्थाले गरेका काम र आगामी पञ्चवर्षीय योजनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा आर्थिक पत्रकारिता पुरस्कारको स्थापना, बिपद् व्यवस्थापन, दैवी प्रकोप उद्धार कोषको स्थापना, सदस्य राहत कोषको स्थापना, सामूहिक लगानीमा उद्यमशीलता, कम्तिमा वार्षिक एउटा उद्यमशीलता, व्यवसायिक तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै नीतिगत योजना तर्फ विभिन्न सङ्घ संस्था सङ्ग सहकार्य, समन्वय गर्दै व्यवसायीहरूको हकहितको लागि आवाज उठाउने निर्णय गरेको छ । भने संस्थागत कार्ययोजना अन्तर्गत कपिलवस्तुका दश वटै पालिकामा ब्यापार सङ्घको शाखा तथा सदस्यता विस्तार, व्यवसयीक हकहितका सम्बन्धमा सरोकार राख्ने कार्यक्रमहरूको आयोजना गरिने, आफ्नै जग्गा तथा सुविधा सम्पन्न बहुउद्देश्य भवन निर्माण गरिने लगायतका कार्यक्रम गर्ने अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले देशैभरका सङ्घसंस्था मध्ये उद्योग ब्यापारसङ्घ उत्कृष्ट स्थानमा पर्न सफल भएको बताउनुभयो । ब्यापारसङ्घले छोटो समयमा विभिन्न रचनात्मक कार्यक्रम गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नु भयो ।

त्यस्तै नेपाल उद्योग ब्यापार महासङ्घ केन्द्रीय वाणिज्य उपाध्यक्ष बाबुराम पोख्रेलले सङ्घले स्थापना कालदेखि हाल सम्म गरेको प्रगति निकै लोभलाग्दो रहेको भन्दै परिस्थिति र समय अनुकुल बनाउदै लैजान आग्रह गर्नुभयो । सङ्घले युवाहरूलाई रोजगारी दिलाउँदै बाहिर जाने युवाहरूलाई स्वदेशमा परिचालन गर्ने समेत बताउनुभयो ।

यता कार्यक्रममा कानुनी सल्लाहकार मीन प्रसाद पोख्रेलले सहजीकरण गर्दे सङ्घको स्थापनाको उद्देश्य बारे प्रष्ट पार्नुभयो । त्यस्तै संस्थाका सल्लाहकार अर्जुन प्रसाद पोख्रेलले संस्थालाई अगाडि बढाउने योजना, उद्देश्य बारे बताउनु भएको थियो ।

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष यम बहादुर के.सि.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव वासुदेव खनाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हुमनाथ पौडेल, उद्योग ब्यापार महासघं लुम्बिनी प्रदेश कमिटि सदस्यहरु, संस्थाका सल्लाहाकारहरु, जिल्ला सदस्यहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यता संस्थाले सोमबार बाणगंगा स्थित आफ्नै कार्यालयमा ‘राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधीकरण’ भन्ने मुल नाराका साथ सङ्घले आफ्नो स्थापना दिवसको अवसरमा सक्षिप्त कार्यक्रम समेत गरेको थियो ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६