अर्थ-वाणिज्य

एमालेसँगको बिदाइमा भावुक बने प्रचण्ड गाए फत्तेमानको बिरहको गीत



काठमाडौं १९ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेले सत्ता सहयात्रा टुंग्याएको छ। नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकोे सरकार बनाउने समझदारी गरेको एमालेले बुधबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो।समर्थन फिर्तासँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि सामूहिक राजीनामा दिएका छन्।
राजीनामा बुझाउन बालुवाटार पुगेका कानुनमन्त्री पदम गिरीका अनुसार, केहीबेर त्यहाँको माहोल भावुक बन्यो। प्रचण्डले गायक फत्तेमान राजभण्डारीको गीतका केही हरफ सुनाए।
‘एउटा मात्रै कुरा भन्छु’ भन्दै प्रधानमन्त्रीले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ बोलको गीत गाएका थिए।एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो।
प्रधानमन्त्रीले राजीनामा नगरेपछि एमालेले मन्त्री फिर्ता बोलाउने र समर्थन पनि कायम नराख्ने निर्णय लिएको हो। एमालेको यो निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। गत सोमबार मध्यराति नेपाली कांग्रेससँग सत्ता सहयात्राका लागि एमालेले सहमति गरेको थियो।
एमाले र कांग्रेसले नयाँ सरकार गठनको तयारी गरे पनि प्रधानमन्त्रीले विश्वासको मत लिने भनेका छन्। सत्ता साझेदार दलले साथ छाडे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित : २० असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६