प्रदेश

राजनैतिक स्थायित्व र अर्थतन्त्र सुधारका निम्ति राष्ट्रिय सहमतिको सरकार : एमाले नेता भट्टराई



कपिलवस्त, २० असार । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले राजनैतिक स्थायित्व, नेपाली अर्थतन्त्र सुधार र जनतामा देखा परेको निराशा सम्बोधनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनु भयो । नेता भट्टराईले वर्तमान अवस्था प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डका कारण श्रृजना भएको दावी गर्दै दुई ठूला दल एकै ठाउँ आउनु पर्ने राष्ट्रिय परिस्थत श्रृजना भएको स्पष्ट पार्नु भयो । नेता भट्टराईले एमाले पार्टी नेपाली जनता र राष्ट्रको हित विपरित कुनै काम नगरेको जिकिर गर्दै कुनै काण्ड भए वर्तमान सरकारलाई छानविन गर्न आग्रह गर्नु भयो । नेता भट्टराईले १० वर्ष संविधानको अभ्यासका क्रममा संविधानमा देखिएका कमी कमजोरी हटाउदै संघिएतालाई बलियो बनाउने गरी संविधान संशोधन आवश्यक रहेकोे चर्चा गर्नु भयो । नेता भट्टराईले पार्टीको आवश्यकता, ब्यक्तिको चाहनालाई ध्यानमा राखेर पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो । नेता भट्टराईले पार्टी संगठित सदस्य विस्तार एवम् कमिटी निर्माणमा जोड दिनु भयो ।

नेता भट्टराईले नेकपा (एमाले) कपिलवस्तुको प्रथम पूर्ण वैठकलाई जिल्लाको ४ नं. मा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । युवा नेता भट्टराईले पार्टीलाई जनताको सुख दुःखको साथिका रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । वैठकमा एमाले केन्द्रिय सदस्य एवम् केन्द्रिय कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले एमाले प्रति जनविश्वास बढदो रहेको चर्चा गर्दै समग्र जिल्लाको विकास प्रति साझा दृष्ट्रिकोण निर्माणमा जोड दिनु भयो । वैठकमा एमाले केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले नवनिर्वाचित कमिटीको पूर्ण सफलताको कामना ब्यक्त गर्नु भयो ।

वैठकमा नेकपा (एमाले)का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले कपिलवस्तु जिल्लामा पहिलो शक्तिको रुपमा रहेको एमाले पार्टीलाई आगामी दिनमा अझ मजवुज बनाउन ढोस योजना साथ अगाडी बढनुपर्नेमा जोड दिनु भयो । प्रदेश सांसद पंथीले जनअपेक्षा पुरा गर्न जनप्रतिनिधीले विकास निर्माणका काममा तिव्रता दिनुपर्नेमा जोड दिदै पार्टी र जनप्रतिनिधी संग संगै अगाडी बढनु पर्नेमा जोड दिनु भयो । प्रदेश सभा सदस्य पंथीले जन अपेक्षा पुरा गर्न योजनाको प्राथमिकीकरण गर्दै ठिक ठिक स्थानमा बजेट विनियोजनमा जोड दिनु भयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले जनसंगठन परिचालनमा जोड दिदै पार्टीलाई आत्म निर्भर बनाउन सामाजिक, आर्थिक क्षेत्रलाई संगसंगै लग्नुपर्नेमा जोड दिनु भयो । वैठकमा एमाले पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी अनुशासनमा जोड दिनु भयो । वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् एमाले पूर्व जिल्ला अध्यक्ष डम्मर शर्माले सामुहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्न आग्रह गर्नु भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ । वैठकमा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु इन्द्रमणी पौडेल, काशिराम बेल्बासे, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरी एमाले नेताहरु कृष्ण पौडेल, धर्मराज भुसाल, नेत्रराज अधिकारी, द्रोणराज सुवेदी, शारदा शर्मा, चक्रपाणी अर्याल, धर्मबहादुर लाल श्रीवास्तव, बाबुराम आचार्य, विमला चौधरी, पूर्णकला सुनार, गोपाल थापा, शिव कुमारी चौधरी, लाल बहादुर सुनार, धनु अधिकारी, लक्ष्मी शारु, डा. प्रशान्त आचार्य, चन्द्रकला भट्टराई लगायतको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले जानकारी दिनु भयो । एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता र जिल्ला सचिव सिवि गहतराजको संचालनमा वैठक सम्पन्न भएको एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६