देश

एमाले प्रथम पूण वैठकका महत्वपूर्ण निर्णय



कपिलवस्तु, २० असार । नेकपा (एमाले) कपिलवस्तुको प्रथम पूर्ण जिल्ला कमिटीको वैठकले जिम्मेवारीहरु वाडफाड लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै जिल्लाको जितपुरमा सम्पन्न गरेको छ । वैठकले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, निर्वाचन क्षेत्र नं. २ को संयोजकमा जिल्ला उपसचिव शुसिला दरलामी, निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा सिवि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै वैठकले जिल्ला स्कूल विभाग प्रमुखमा जिल्ला अध्यक्ष बाबुराम खनाल, वित्त विभाग प्रमुखमा जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला संगठन विभाग प्रमुखमा जिल्ला सचिव सिवि गहतराज, सहकारी विभाग प्रमुखमा देवी बहादुर पोख्रेल र महिला विभाग प्रमुखमा शुसिला दरलामी लाई जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

वैठकले एमाले कपिलवस्तुको १० औं जिल्ला अधिवेशनको समिक्षा गरेको छ । सोही वैठकले आगामी कार्ययोजना निर्माणका निम्ति जिल्ला पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले सदस्यता प्रदान तथा नविकरण कार्यका लागि जिल्ला संगठन विभागलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै माताहत कमिटीहरुको वैठक २०८१ साल श्रावण १५ गते भित्र र पालिका कमिटीहरुको अधिवेशन भाद्र मसान्त सम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै नव प्रवेशीहरुलाई संगठित गर्दै जिम्मेवारी प्रदान गर्ने, पुष्पलाल स्मृती दिवस तथा सम्मान कार्यक्रम यही श्रावण ७ गते जिल्ला पार्टी कार्यालय तौलिहवामा सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । सम्पन्न वैठकले १० औं जिल्ला अधिवेशनको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पाण्डे, सदस्य कुलराज भुसाललाई दोसल्ला ओढाएर सम्मान गरेको एमाले कपिलवस्तुले जनाएको छ।

प्रकाशित : २१ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६