अर्थ-वाणिज्य

एसइईमा मौका परीक्षा दिने विद्यार्थीलाई केपी ओलीको अनलाइन कक्षा




बुटवल २० असार । एसइईमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए ।
एसइई परीक्षमा उत्तीर्ण विद्यालाई सम्मान गर्न विहिबार बुटवलमा आयोजित कार्यक्रमा बोल्दै उनले आत्मविश्वासकासाथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । अध्यक्ष ओलीको आफ्नै फेसबुकमा गएर सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको हो । अनलाइन कक्षामा गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित र लेखा विषयका दक्ष शिक्षकहरुबाट अध्यापन गराइने जानकारी गराए । अध्यक्ष ओलीले आफ्नो फेसबुक वा ९८४१८९७६१३ नम्बरमा फोन गरेर आवश्यक जानकारी लिन विद्यार्थीलाई आग्रह गरेका छन् ।

अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीय ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गरे । हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उनले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाब दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यई पनि घमण्ड गर्न नहुने सुझाब दिए । घमण्डले ज्ञान हासिल गर्ने कुरा वा सफलतालाई छेकेर राख्ने उल्लेख गरे ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६