प्रदेश

सिद्धार्थकी सपना भण्डारी ३ दशमलव ९२ जिपिए सहित नेपाल द्धितीय



बाणगंगा, २१ असार। त्रिभुवन विश्व विद्यालयद्धारा प्रकाशित एमबीएस दोश्रो सेमेस्टरको नतिजामा कपिलवस्तुले मुलुकमै दोश्रो स्थान हासिल गरेको छ ।

बाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पस बुङ्चीमा अध्ययनरत सपना भण्डारीले ३ दशमलव ९२ जिपिए हासिल गरी नेपाल द्धितीय भएकी हुन् । यो नतिजा लुम्बिनी प्रदेशमा भने प्रथम नै रहेको क्याम्पसले जनाएको छ । भण्डारीले यसअघि पनि प्रदेशमा उत्कृष्ट स्थान हासिल गर्दै आएकी थिइन् ।

यस्तै क्याम्पसकी सरस्वती भट्टराईले ३ दशमलव ८५ जिपिए हासिल गरी जिल्ला द्धितीय र ३ दशमलव ७३ जिपिए हासिल गरी सुस्मिता थापाले तृतीय स्थान हासिल गरेको क्याम्पस प्रमुख बेदराज अर्यालले बताए । मुलुकमै उत्कृष्ट जिपिए हासिल गरी क्याम्पसको नाम राख्न सफल भएकोमा क्याम्पसका अध्यक्ष डम्बर शर्माले पनि बधाई दिएका छन् ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६