प्रदेश

लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु



कपिलवस्तु, २१ असार । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएको छ । एमालेले लुम्बिनीमा सरकार छोडेपछि राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएको हो ।

यसैबीच लुम्बिनी प्रदेश सरकारबाट बिहिबार एमालेका मन्त्रीहरु बाहिरिएका छन् भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा ससदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको र मन्त्रीहरु समेत राजिनामा दिएको बिषयमा औपचारिक जानकारी गराएका छन् ।

प्रमुख सचेतक चौधरीले जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनज्युलाई जानकारी पत्र बुझाएको बताए ।प्रमुख सचेतक चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह समेत गरिएको बताए ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरुप आवश्यक कागजात तयार पारिने बताइन् । प्रदेश प्रमुख शेरचन उपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव बसन्त भट्टचनले जानकारी दिए ।

एमालेले बिहिबार सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीहरुलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरुप मन्त्रीहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री, अर्जुन केसीले बिहिबार बेलुका राजीनामा दिएका थिए ।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६