अर्थ-वाणिज्य

बुटवलको सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी र रविको कम्पनीमा प्रवाह : प्रहरी




कपिलवस्तु २१ असार । बुटवलको सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी राई आबद्ध कम्पनीमा प्रवाह भएको जानकारी दिइएको छ। सहकारीसम्बन्धी संसदीय समितिको शुक्रबार बसेको बैठकमा प्रहरी अधिकारीहरूले उक्त कुरा पुष्टि गरेका हुन्।समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताए। त्यसमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले बताए।
त्यस्तै प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए। तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ। अधिकांश उजुरी काठमाडौंमै दर्ता भएका छन्। काठमाडौंमा मात्रै ४० हजार बढीले उजुरी दिएका छन्।संयोजक थापाका अनुसार प्रहरीले ११५० प्रतिवादीमध्ये २९४ जनालाई पक्राउ गरेको छ। ८५६ जना अझै फरार छन्। फरार रहेका कतिपय प्रतिवादी विदेशमा रहेकाले रेडकर्नर नोटिससमेत जारी गरिएको प्रहरी अधिकारीहरूले बताएका थिए। जिबी र राई र देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको संयोजक थापाको भनाइ छ।
प्रहरी उजुरी भएको ठगी मुद्दा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबर रहेको प्रहरी अधिकारीहरूले बताएका थिए। सहकारीसम्बन्धी संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको हो।

प्रकाशित : २२ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६