अर्थ-वाणिज्य

कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा प्रशासक पक्राउ




रुपन्देही २३ असार । कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक विनोदकुमार दत्त पक्राउ परेका छन् । उनलाई डेढ लाख रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनलाई कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरिएको हो । कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको अख्तियारको भनाइ छ ।कारागारमा रहेका कैदीबन्दीबाट चौकीदार छनोट गर्ने चलन छ । कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले छनोट गर्छ ।अख्तियार प्रवक्ता नरहरि घिमिरेका विराटनगर महानगरपालिका निवासी उनको साथबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको उल्लेख छ ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६