प्रदेश

लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे



बुटवल, २८ असार । लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेंगु सङ्क्रमण देखिएको छ । पाल्पामा ६३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा,बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २र२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १र१ जनामा सङ्क्रमण देखिएको छ।

गुल्मी र पश्चिम नवलपरासीमा यो अवधिमा भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन। प्रदेश स्वास्थ्य निर्देशनालय तथ्याङ्क अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको बताए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फिजिसियन डाक्टर नन्दु पाठकले अहिले अस्पतालमा फाट् फुट् डेंगु रोगी आएको बताए।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६