प्रदेश

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते



बुटवल, २७ असार । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

उनका अनुसार बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ।

घर्ती पाँच जनाको समूहमा च्याउ टिप्न जङ्गल गएकी थिइन् । उनका दुई जना साथीलाई भालुको नङ्ग्रा लागेको भए पनि भाग्न सफल भएको थिए ।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६