कपिलवस्तु २८ असार ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्। राष्ट्रपति निवास शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको हो। संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन्।कांग्रेसका ८८ र एमालेका ७७ जना सांसद छन्।
रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकारका लागि आगामी आइतबार साँझसम्मको समयसीमा दिएका थिए।तर ओली राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान हुनासाथ बहुमत सांसदको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय पुगेका हुन्।
२९ असार २०८१, शुक्रबार








प्रतिक्रिया