कृषि

धारीलो हतियार प्रहारगरी एक ब्यक्तिको हत्या



नेपालगञ्ज, २९ असार ।नेपालगन्ज उपमहानगर क्षेत्रमा शुक्रबार राती एक ब्यक्तिको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ३८ वर्षीय इरसद राई ९कबाडिया० को हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राती करिव १०ः३० बजेतिर राईको हत्या भएको हो ।

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० नारायण डाँगीले धारिलो हतियार प्रहार गरी एक समूहले राईको हत्या गरेको जानकारी दिए । हत्या गर्ने समूहको पहिचान नभए पनि उक्त समूहले प्रयोग गरेको मोटरसाईकल फेला परेको उनले बताएका छन् । प्रवक्ता डाँगीले भने, ‘हत्या गर्ने ब्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाईकल फेला पारेका छौं, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौं ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुब्र्यशनीकर्ताबीच आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका राईको नै हत्या भएको बताइएको छ । गम्भीर घाईते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : ३० असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६