प्रदेश

रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान



बुटवल, ०२ असार । रुपन्देहीमा मेरो सवारी मेरो लेन अभियान अन्गर्तत ११ हजार ६ सय १२ ठूला सवारीसाधान, १९ हजार ५ सय ८३ वटा साना सवारीसाधान सचेत गराइएको छ । सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले एक साता देखि रुपन्देहीका विभिन्न सडकहरुमा यो अभियान गरिएको थियो । अभियानमा चालकहरुलाई सुसुचित गर्ने र बढ्दो सवारी चापसँगै लेन अनुशासनका उल्घंन गर्दा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वासका साथ ६ हजार सचेतनामुलक पर्चा, ५ हजार लेन अनुसानको स्टिकर समेत सवारीसाधनमा टासिएको छ ।

अभियान अन्तर्गत चलकहरुलाई गति, लेन र सडक प्रयोगकर्ता चालक वा पैदलयात्रुलार्ई लेन अनुशासनबारे जानकारी गराइएको थियो । बेलहियास्थित सीमा नाकामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर गृह सचिव एकनारायण अर्यालले अभियानाको थालनी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अग्रसरता तथा नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको सहकार्यमा गरिएको अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वयसेवकको रुपमा विभिन्न संघ संस्था र भैरहवा क्षेत्रका ३ वटा विद्यालयको विद्यार्थीैहरुले रहेका थिए ।

अभियानले चालकहरुमा थाहा भई पनि लेन अनुशासन पालन नगरेको, थाहै नपाई गलत लेनमा हिडेको, कुन लेनमा कति गति हिड्ने बारे पनि अनविज्ञ रहेको पाइएको छ । एक साताको अभियामनमा सबैलाई सुसुचित गराइएपनि अब भने यसलाई निरन्तर पालना गर्नका लागि ट्राफिक खटिने र कारवाही समेत गर्नेछ । सभ्य नागरिकको परिचय दिनका लागि तोकिएको लेनमा तोकिएको स्पीडमा हिड्नु पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्याम बहादुर खत्रीले बताए ।

एक साता सम्म जिल्लामा रहेका संघसंस्थासित समन्वय गरेर प्रत्येक दिन सडकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको प्रमुख जिल्लाअधिकारी गणेश अर्यालले बताए । । त्यस्तो समस्या समाधान गर्न र नागरिकलाई लेनको महत्व बुझाउन कार्यक्रम गरिएको बताए । कार्यक्रमका लागि जिल्ला प्रशासनले आर्थिक र प्राविधिक स्रोत जुटाएको उनले बताए ।

हामीले लेन अनुशासन नमान्दा नै अकलमा ज्यान गएका थुप्रै उदाहरण रहेकोले सचेत गराउनका लागि यो अभियान ७ दिन सम्म लागु गरिएको र आठौ दिबाट यस्को प्रयोग भएको छ । जब सम्म लेन अनुशासनको पालना हुदैन तब सम्म यो अभियान चालउनु पर्ने प्रजिअ अर्यालले बताए ।

लेन अनुशासन कार्यक्रमको संयोजन जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्ष्क बजिरसिंह विष्टले एक हप्तासम्म जिल्लाका दुई दर्जन बढी ठाउँमा गरिएको बताए । यसक्रममा विद्यार्थी र नागरिकस्तरबाट पनि स्वयंसेवीरुपमा सहयोग पाएको बताए ।

‘जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, नागरिक संघसंस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी, व्यवसायीको सहभागितामा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको’, उनले भने, ‘यसले दुर्घटना कमगर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६