कर्णाली

पर्यटन प्रवर्द्धनमा अगाडी बढ्दै कोईलीचौर सामुदायिक वन



कपिलवस्तु । वाणगंगा नगरपालिका वडा न.९ अन्तर्गत भर्तापुरमा स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूहको वनको अतिक्रमित भएको जग्गामा निर्माण भएको कोईली पोखरीमा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदी र वडा अध्यक्ष कमल पौडेलले डुंगामा सवार गरी डुंगाको समुदघाटन गरेका थिए । सो डुंगा बैदेशिक रोजगारमा गएका तारा बहादुर बुढाथोकी र बिष्णु नेपालको सौजन्यमा कोईलीचौर साना किसान सामुदायिक वनलाई प्रदान गरेका हुन ।


कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत बिजयराज सुवेदीले वन अतिक्रमण नियन्त्रण र वन डढेलो रोकथाम जस्ता कार्यमा जोड दिँदै वन व्यवस्थापनको क्रियाकलाप अन्तर्गत सिमसार क्षेत्र पनि रहेको र वन भनेको वन्य जन्तुको वासस्थान भएकोले वन्य जन्तुलाई मध्यनजर गर्दै सो काइली पोखरीको निर्माण भएको कुरा वताएका थिए ।साथै वनको पर्यावरणिय वातावरणमा पनि संरक्षण हुने कुरा वताएका थिए ।


कार्यक्रममा वडाध्यक्ष कमल पौडेलले वनको नमुना कार्यको सराहना गर्दै पर्यटन प्रर्वद्धनको बिकास संगै स्थानिय वन उपभोक्ताको आयआर्जन भइ जिविकोपार्जनमा पनि टेवा पुग्ने कुरा वताएका थिए । कार्यक्रमको उद्धेश्यमाथि पूर्व सामुदायिक वनका सचिव दिपक कुँवरले प्रकाश पारेका थिए ।समूहका अध्यक्ष कुन्तामणि भुसालले सामुदायिक वनको २४औ वार्षिक साधारण सभाबाट डुंगा सञ्चालन,पिकनिक स्थल र रमणिय पार्क निर्माण गर्ने योजना पारित गरी काम गरेको अन्य काम क्रमश गरिने वताए ।


पोखरी निर्माणका लागि वार्षिक साधारण सभाबाट १० लाख बिनियोजन भई कार्य गरेको समूहकी कोषाध्यक्ष माधुरी सेनले बताईन । कोईलीचौर साना किसान सामुदायिक वनमा भर्तापुर र भर्लावासका गरी ४ सय ८० वन उपभोक्ता रहेको र यो सामुदायिक वन २ सय ८० हेक्टर क्षेत्रफलमा रहेको समूहकी सचिव शुष्मा क्षेत्रीले वताईन । कोईलीचौर साना किसान सामुदायिक वन आर्थिक वर्ष २०८०\०८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्तर्गत सब डिभिजन वन कार्यालय गोरुसि·ेका कुल १७ सामुदायिक वन मध्येमा वनको संरक्षण, सम्वद्र्धन र वन बिकासमा उत्कृष्ट भई पुरस्कृत भएको सामुदायिक बन हो ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६