कपिलवस्तु २ साउन ।कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर २ बक्डरिया स्थित वन क्षेत्रमा अतिक्रमण गरी बनाइएको ८ घर गोठ हटाइएको छ । ४ दशक देखि बन क्षेत्रमा रहेका एक पक्की सहीत ८ घर गोठ एक्साभेटर प्रयो गरी हटाइएको हो । अतिक्रमणमा रहेको १० हेक्टर क्षेत्र खाली गराइएको हो । सो अतिक्रमण खाली गराउन पटक पकट सुचना जारी गर्दा समेत अटेर गरिए पछि वल प्रयाग गरी डिभिजन वन कार्यालयको अगुावईमा रहेको टोली सो क्षेत्र खाली गराएको हो । वन रक्षक, कर्मचारी, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली सहीत पुगेका टोलीलाई वन अतिक्रमणकारीले अवरोध समेत गर्ने प्रयास गरेका थिए । ‘ हामीले पटक पकट अल्टीमेटन दिदा समेत खाली गर्न आनाकानी गरे पछि अतिक्रमण हटाइएको हो ’ डिभिजन प्रमखु बिजयराज सुबेदीले भने । उनले वन क्षेत्र अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको बताए ।
वक्डरीयामा रहेको १० हेक्टर अतिक्रमण हटाई तार वार गरी वृक्षारोपण गरिएको उनले बताए । सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नजिकका सामुदायिक वन समिति र उपभोक्ता सहितको समूहले १ पक्की घर सहित ८ घर गोठ हटाएको थियो । ४ दशक देखी वन क्षेत्रमा घर बनाइ तरकारी खेती गर्दै आएका ५ घरधुरीका सर समान हटाई एक्साभेटर लगाइएको थियो । पछिल्लो २ महिनामा ५ सय २२ हेक्टर वन अतिक्रमण हटाइएको अधिकृत सुवेदीले बताए । बाणगंगा नगरपालिकाको पटना क्षेत्रमा रहेको मायादेवी साझेदारी वनको ५ सय हेक्टर र सब डिभिजन वन कार्यालय वडहराले २२ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको छ । अतिक्रमण हटाएको क्षेत्रमा सामुदायिक वनको समन्वयमा तार वार गरी वृक्षारोपण गरिएको सब डिभिजन वन कार्यालय वडहराका वन अधिकृत पहलमान सेरमुजा मगरले बताए ।
प्रतिक्रिया