अर्थ-वाणिज्य

मुस्लिम र हिन्दुले समुदायले संगै धुमधामसंग मनाए मुहर्रम



कपिलवस्तु २ साउन ।कपिलवस्तुमा सदभावको पर्व मुर्हरम मुस्लिम र हिन्दु समुदायले धुमधामसंग संगै मुहर्रम पर्व मनाएका छन । मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा बुधवार मुस्लीम र हिन्दुहरुले संगै मनाएका हुन । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लीमहरुले हर्षोल्लास र धुमधमासंग मुोहर्रम मनाएका हुन । सो अवसरमा मुस्लीमहरुले बिशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए । जिल्लाका सय भन्दा बढी स्थानमा लाग्ने करबला ( चिहान वा युद्धको मैदान ) मा मेला भर्न हजारौ श्रद्धालु भक्तजनहरु आएका थिए । यो पर्वमा हजरते ईमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पुजाअर्चना गरिएको थियो । जिल्लाका १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो । भाकल गरी तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संबृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरु बताउछन् । साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ । यसै बिच सदरमुकाम तौहिलवास्थित घरमा राखिएको ताहाजियाालाई तौहिलवा बजारमा परिक्रमता गरी कपिलवस्तु नगरपालिका– २ स्थित करबलामा बिसर्जन गरीएको थियो । सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए । मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– २ मस्जिद टोलमा बस्ने मुस्लिमहरुले खीर, बिर्यानी सर्वत फलफुल लगायतका परिकार बितरण गरेका थिए । ईस्लाम धर्मका प्रर्वतक ईमाम हुसनेको सम्झनामा यो पर्व मनाईन्छ । १४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहीत ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लीम धर्म गुरुहरु बताउछन् । यजिद नामक शासक बिरुद्ध युद्धकाक्रममा शाहदत प्राप्त गरेका थिए । अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ । ईस्लामिक नयाँ बर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन् । मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए । यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडा सहीतको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ । साथै मुहर्रमका दिन तरवार, लठ्ठी नचायर, ट्युव लाईटलाई टोउकोले फुटालेर, मुखमा आगो राखेर सहासिक प्रदर्शन समेत गरिन्छ । घरमा पूजा गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर बिर्सजन गरिन्छ । यो पर्वलाई लक्षित गरी जिल्लाका १० मध्ये ६ पालिकाले स्थानीय बिदा दिएका थिए ।
फोटो बिवरण ः कपिलवस्तु नगरपालिका– २ स्थित कर्बलामा सेलाउन ल्याईएका ताहाजियाहरु ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६