अर्थ-वाणिज्य

लुम्बिनीमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच औपचारीक छलफल सुरु




कपिलवस्तु २ साउन । केन्द्रमा सत्ता बदलिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेबीच छलफल सुरु भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि मात्रै नयाँ सरकार बनाउन कांग्रेस–एमाले संसदीय दलको बैठक बस्ने तयारीमा रहेका छन् । लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा पर्ने भनिएपनि औपचारिक रुपमा केन्द्रले प्रदेश बाँडफाँड नगर्दा दुवै संसदीय दलका नेता अलमलमा छन् । कांग्रेस–एमाले केन्द्रको निर्देशनको पखाइमा छन् । सरकारको नेतृत्व एमालेको भागमा पर्ने भनिएपछि दल नेता एवं पूर्वमुख्यमन्त्री लिला गिरी र उपनेता चेतनारायण आचार्य पाटीभित्र आ–आफ्नो लबिङमा छन् ।

एमाले दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री महरालाई भेटेरै अल्पमतमा परेपछि तत्कालै राजीनामा दिएर बाटो खुला गरिदिने आग्रह गरेको बताए । मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादी १०, जसपा ४, नागरिक उन्मुक्ती पाटीका ४, नेकपा एस एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेकोमा अहिले माओवादी १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एक÷एक गरी १२ जना मात्रै समर्थनमा देखिएका छन् । ८७ सदस्यीय सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद भए पुग्छ । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना पुग्छन् । दुई दलको नयाँ सरकार बनाउन संख्या पुग्छ ।

प्रकाशित : २ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६