अर्थ-वाणिज्य

बुटवलमा पित्तथैलीकोअबरुद्ध शल्यक्रिया सेवा पुनः सुचारु



बुटवल ३ असार । लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो ।
यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ । सेवा सुचारुसँगै सातामा ५र६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन, वरिष्ठ अर्थोपेडीक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा साताको सोमबार र विहिबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ । यो सेवालाई थप बिस्तार गर्नका लागि अप्रेशन थिएटर थप गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याले बिलम्ब भइरहेको डा। ढकालले बताए ।
ढकाललाई लुम्बिनी प्रदेश सरकारले अस्पतालको मेडिकल सुपेरिटेन्डेनमा नियुक्त गरेपछि साउन महिनाभित्रै अपरेशन थिएटर थप गरी शल्यक्रिया सेवालाई दोब्बरमा वृद्धि गर्ने प्रतिवद्धता गरेका थिए । तर, उनको नियुक्तीको विषयलाई लिएर आदालतमा मुद्दा परेपछि हाल नयाँ आर्थिक अधिकार नभएरका कारण प्रतिवद्धता पूरा गर्न नपाइएको डा। ढकालले गुनासो गरे । अस्पतालमा शल्यक्रिया सेवाका लागि बिरामीले महिनौं समय पालो कुर्नुपर्ने अवस्था रहेको छ । ढकाल मेसु भएपछि गत असारदेखि अनलाइन टिकेटको व्यवस्था सुरु गरेका थिए भने अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्येनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा ल्याउने व्यवस्था गरेका थिए ।

लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतकै कारण बिकास समिति निश्क्रिय छ भने मेडिकल सुपेरिटेन्डेनको विषय पनि अदालतमै गएर अड्किएको छ । ६ अरब बढीको नयाँ भवन निर्माणको कार्य जारी रहेको अस्पतालमा अदालती विवादले नेतृत्वविहिन बन्दा योजनाको प्रकावकारी कार्यन्वयनमा प्रश्न उठेको छ ।

प्रकाशित : ३ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६