प्रदेश

बुटवल देविनगरमा चक्कु प्रहारबाट २ युवा घाइते



बुटवल, ०५ साउन । बुटवलमा पछिल्लो समय बढ्दै गएको आपराधिक क्रियाकलापले असुरक्षा बढ्दै गएको छ । यसै बीच शुक्रबार साँझ ९ बजेको समयमा बुटवल-११ देविनगरमा युवाहरु बीच आपसमा कुटपिट हुँदा २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

देविनर प्रहरी बिट नजिकै रहेको ‘दि कफी’ पसल भित्र युवाहरु बीच आपसमा चक्कु हानाहान भएको खबर पुगेपछि प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । युवाहरु बीचको कुटाकुटमा कपिलवस्तुको बाणगंगा नगरपालिका-५ का ३० वर्षीय दिवस मल्ल र बुटवल-१२ बस्ने २५ वर्षीय पवन शाही दुबै जनाको टाउको र हातमा चोट लागेको छ । घाइते भएका उनीहरुको अवस्था मध्यम रहेको र उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा बुटवल–१३ जितगढी बस्ने २३ वर्षीय विष्णु थापा र तिलोत्तमा नगरपालिका–३ बस्ने २३ वर्षीय अनुप भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवाहरु बीच आपसमा भनाभन हुँदा विवाद सुरु भएको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्मरणीय छ बुटवलकै एक रेष्टुरेन्टमा गत जेष्ठ २ गते राती एक युवामाथि चक्कु प्रहार भएको थियो । उपचारका क्रममा घाइते युवाको मृत्यु भएको थियो ।

प्रकाशित : ५ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६