अर्थ-वाणिज्य

कपिलवस्तु अदालतमा ६० प्रतिशत बढी मुद्दाको फैसला




कपिलवस्तु ४ साउन ।कपिलवस्तु अदालतमा गत आर्थिक बर्ष २०८०/०८१ मा ६० दशमलव ४३ प्रतिशत मुद्दाको फैसला भएको छ । अदालतको बिगत ५ बर्ष यता सबै भन्दा बढी मुद्दा फैसला भएको हो । अघिल्लो आर्थिक २०७९/०८० मा ४४ प्रतिशत मात्र मुद्दाको फैसला भएको थियो । गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेर आएको र नया दर्ता मुद्दा गरी कुल ४ हजार ६७६ लगत थियो । गत आर्थिक बर्ष २ हजार ३३५ मुद्दा दर्ता भएको थियो । अघिल्लो आर्थिक बर्षबाट २ हजार ३४१ मुद्दा जिम्मेवारी सरेर आएको थियो । कुल मुद्दा मध्ये २ हजार ८२६ मुद्दा फर्छौट भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए । १ हजार ८५० मुद्दा चालु आर्थिक बर्षकालागि जिम्मेवारी सरेर आएको छ ।
कुल लक्ष्यको प्रतिशत भने ८९ दशमलव ८६ प्रतिशत रहेको पाण्डेयले बताए । २ बर्ष नाघेका ३४ र १८ महिना नाघेका ९० वटा मुद्दा फर्छौट हुन बाकी छ । दरबन्दी अनुसार न्यायधिशको समयमा पदपुर्ति नहुनु, प्रर्याप्त भौतिक पर्वाधर र सुचना प्रबिधि सामाग्रीको अभाव रहेकोले न्याय संपदनमा समेत त्यसको असर परेको पाण्डेयले बताए । २०७२ सालमा आएको भुकम्पले चर्केको रातो स्टीकर लगाएको भवनमा सेवा अदालत संचालन छ । अत्यधिक कार्यबोझले गर्दा बिहान ९ बजे देखि साझ ८ बजे सम्म पनि अदालतका कर्मचारीहरुले काम गर्ने गरेका छन । त्यसैका परिणमा स्वारुप गत आर्थिक बर्ष बिगत ५ बर्षको तुलना गर्दा ६० प्रतिशत बढी मुद्दा फर्छौट भएको पाण्डेयले बताए /

प्रकाशित : ५ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६