खोज–अनुसन्धान

तुलसीपुरले भत्काउन थाल्यो व्यापारिक सटरहरू




तुलसीपुर ४ साउन
तुलसीपुर उपमहानगरपालिकाले आफ्नो भवन अगाडिका व्यापारिक सटरहरू भत्काउन सुरू गरेको छ । मेयर टीकाराम खड्काले सर्वसाधारणको सुविधाका लागि सटरहरू भत्काउन थालिएको बताए । ती सटरहरूबाट नगरपालिकालाई वार्षिक दश लाख बढी भाडाबापत पैसा लिन्थ्यो। मेयर खड्काले त्यो ठाउँ उपमहानगरमा आउने सेवाग्राहीका लागि पार्किङका लागि प्रयोग गरिने बताए ।बजारमा पार्किङको सुविधा नहुँदा सडकमै पार्किङ गर्नुपर्ने असहज स्थिति रहेको हुँदा कम्तीमा उपमहागनरपालिका अगाडि मनपरी पार्किङ नहोस् र पर्खालभित्रै सर्वसाधारणले सवारी साधन सुरक्षित रूपमा पार्किङ गर्न सकून् भन्ने सोचले काम भइरहेको उपमहानगरले जनाएको छ ।

सटरहरू भत्काउनेबारे उपमहानगरपालिकाले तीन महिना अगाडिदेखि पहल थालेको थियो । उपमहानगरले सुरूमा १५ दिनको हदम्याद दिएर सार्वजनिक सूचना पनि जारी गरेको थियो । तर, व्यापारीहरूले त्यो समय अपर्याप्त भएको भन्दै थप समय दिन माग गरेका थिए। त्यसपछि फेरि उपमहागनरपालिकाले थप डेढ महिना समय दिएको थियो ।

प्रकाशित : ५ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६