ब्रेकिंग न्युज

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे नेतृत्वको टोलि चीन प्रस्थान



कपिलवस्तु ६ साउन । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे हिजो चीन प्रस्थान गरेकी छिन। चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको आठौँ चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इष्टर्न चाइना एयरलान्इसको उडानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन।प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, सङ्घीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीयसचिव प्रेमबहादुर सिंह रहेका छन् ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले यही साउन ८ गते हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीह रूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल यही साउन १० गते स्वदेश फर्कने तालिका छ ।

प्रकाशित : ६ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६