अन्तर्राष्ट्रिय

बङ्गलादेशमा पढ्दै आएका नेपाली विद्यार्थी फर्काउने प्रबन्ध गरिएको छ :प्रधानमन्त्री ओली




काठमाडौँ ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थी काठमाडौँ फर्काउने प्रबन्ध गरिएको बताएका छन् । बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहँदा विद्यार्थीका परिवारसँगको भेटपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौँ फर्काउने प्रबन्ध गरिएको बताएका हुन् ।

‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्। ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौँ फर्काउने प्रबन्ध गरिएको छ। नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरेको छ।’

प्रकाशित : ६ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६