अर्थ-वाणिज्य

मुख्यमन्त्री महराले दिए राजिनामा : नयाँ सरकार बनाउन वाटो खुल्यो




दाङ ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएका छन् । आज आईतबार प्रदेशसभाको चौथो अधिवेशनको २४ औं बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री महराले राजिनामा दिएका हुन्।यस अघि मुख्यमन्त्री महराले राजिनमा नदिने बरू बिश्वासको मत लिने बताएका थिए तर अन्तिम अवस्था आएर मुख्यमन्त्री महराले राजिनामा दिएका हुन् । यता प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेशसभाको बैठक र सम्भावित कार्यसुचि सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सुचना प्रकाशन गरेको थियो । तर मुख्यमन्त्री महराले विश्वासको मत नपाउने भएपछि सभालाई सम्बोधन गरेर राजिनामा दिएका हुन् ।
केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका थिए ।
मुख्यमन्त्री महराले राजिनामा दिए संगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा एमाले र काँग्रेस बीच भएको सहमति अनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लिला गिरी बन्ने भएका छन्।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठूला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य समेत शुरू गरेका छन् ।लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेको २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज देखिएको हो । तर प्रदेशसभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो । काँग्रेस(एमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाएका छन् ।

प्रकाशित : ६ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६