कृषि

मुग्लिङ– काठमाडौँ सडक अवरुद्ध स् हजारौँ यात्रु बीच बाटोमै रोकिए




चितवन ७ साउन । पहिरो खसेपछि मुग्लिङ– काठमाडौँ सडक अवरुद्ध भएको भएको छ ।चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।पहिरोले सडक बन्दहुँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ । काठमाडौँबाट बाहिरिँदै गरेका र काठमाडौँ भित्रिँदै गरेका हजारौँ यात्रु बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६