प्रदेश

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण



बाँके, ०८ साउन । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिनुभयो ।

उहाँले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताउनुभयो । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ ।

अध्यक्ष वलीका अनुसार पोखरी निर्माणपछि चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन् । सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ । क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय बाँके शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदील पोखरी निर्माण आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पोखरीको गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ । वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो। रासस

प्रकाशित : ८ श्रावण २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६