प्रदेश

लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन



बुटवल, ०९ साउन । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजकुमार चौधरीलाई चयन गरिएको छ । बहुमत सदस्य सांसदको बैठकले धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय गरिएको हो।

पार्टीले संसदीय दल नेताको राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा समेत गराइएको छ । राजकुमार यस अघि प्रमुख सचेतक थिए । धर्म बहादुर चौधरी यस अघि पाटीको तर्फबाट नेतृत्व गर्दै पटक पटक मन्त्री बनेको नेता हुन्।

अहिले प्रमुख सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । तर उनी आफै बैठकमा उपस्थित नरहेको रातोपाटीलाई बताइन्। उनले भोलि दिउँसो बैठक बसेर निर्णय गर्ने बताइन्।

पार्टीको सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन्।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६