ब्रेकिंग न्युज

लुम्बिनी प्रदेश सरकारको कामु प्रमुख सचिवको जिम्मेवारी पन्थलाइ



दाङ ९ साउन । सरकारले लुम्बिनी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी सहसचिव महादेव पन्थलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ महिनादेखि निमित्त प्रमुख सचिवको जिम्मेवारीमा रहेका पन्थलाई प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।यसअघि गृह मन्त्रालयअन्तर्गतको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका पन्थलाई लुम्बिनी प्रदेश सरकारको निमित्त प्रमुख सचिव बनाएर पठाएको थियो ।

सचिव बढुवाको वरिष्ठतामा पन्थ अहिले दोस्रो नम्बरमा छन् । यसअघि सचिव बढुवा भएका मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल बढुवा हुने क्रममा पन्थको नाम तेस्रो नम्बरमा बढुवा समितिले सिफारिस गरेको थियो । वरिष्ठताको आधारमा अहिले पहिलो नम्बरमा गोविन्दबहादुर कार्की छन् ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६