ब्रेकिंग न्युज

मुख्यमन्त्री आचार्यको पहिलो निर्णय : भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू



दाङ ९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरि काम गर्न प्रतिबद्द रहेको बताए । यो गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभुती गर्नेगरी काम गर्ने बताए ।

केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने जानकारी गराउनु भयो । पदभार ग्रहण पछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिए ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६