प्रदेश

पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुको कृष्णनगरमा युवतीको मृत्यु



कपिलवस्तु, १० साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका भोरहवा गाउँको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र वर्षीय दुर्गीवती कोहारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

उनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । बर्खाको समयमा जलमग्न भएको ठाउँमा बाल बच्चाहरू जाँदा पछिल्लो समय यस्ता घटना धेरै भएको प्रहरीले जनाएको छ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६