प्रदेश

लुम्बिनीमा कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति



कपिलवस्तु, १० साउन । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् ।

बुधबार कांग्रेस र एमालेबिच प्रदेश सरकार सञ्चालनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन पनि गरेका छन् । समितिमा एमालेबाट भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी छन् । यस्तै कांग्रेसबाट जन्मजय तिमिल्सेना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।​

समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट गर्ने छ । नीतिगत कार्यसम्पादनका लागि धारणा बनाउन समिति बनाएको एमालेका एक सांसदले जानकारी दिए ।

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रीहरू सबै विनाविभागीय रहेका छन् ।उनीहरूलाई योग्यता र दक्षताका आधारमा मन्त्रालयको जिम्मेवारी दिन समितिले सुझाव दिनेछ ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६