प्रदेश

लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि



कपिलवस्तु, १० साउन ।
लुम्बिनी प्रदेश सरकारका लागि मन्त्री छनोटको विषयलाई लिएर कांग्रेस लुम्बिनी प्रदेशभित्र असन्तुष्टि बढेको छ ।

बुधवार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानविपरीत मन्त्री छनोट गरिएको आरोप लगाएका छन् ।

सभापति पुनले यस्तो निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठोकुवा गरेका छन् ।

‘भर्खरै गठित लुम्बिनी प्रदेश सरकारमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति छनोट प्रक्रियाका सन्दर्भमा लुम्बिनी प्रदेश कार्य समितिलाई पूर्णतया बेवास्ता गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानलाई कुल्चिँदै यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौँ ।’

आम कार्यकर्ताको भावनाविपरीत मन्त्रीहरू छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत् भेला गरी यथोचित निर्णयमा पुगिने चेतावनीसमेत दिएका छन् ।

प्रदेश सभापति पुन कांग्रेसमा संस्थापन इतरका नेता डा शेखर कोइरालानिकट नेता हुन् । कांग्रेसबाट बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) र प्रचण्डविक्रम न्यौपानेले मन्त्री बनेका छन् ।

कांग्रेस स्रोतका अनुसार पार्टीबाट मन्त्री बनेका चारमध्ये एकजना मात्रै संस्थापन इतर पक्षका छन् । न्यौपाने मात्रै इतर पक्षका हुन् । यसैमा पुनले असन्तुष्टि पोखेको बताइएको छ ।

प्रकाशित : १० श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६